आज सुनमा ४३ सय र चाँदीमा १३५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज  मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य आज प्रति तोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार प्रति तोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रति तोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रति तोला चार हजार ३१० रुपैयाँ कायम भएको छ। यसअनुसार चाँदीको मूल्य प्रति तोला १३५ रुपैयाँले घटेको छ। १० ग्राम चाँदीको मूल्य तीन हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर