नेप्सेमा ३३.२८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेको छ। गत साता सुधारको लयमा रहेको बजार आज भने खुलेदेखि नै ओरालो लागेको हो। आज नेप्से १.२१ प्रतिशतले घटेको छ।

आज ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा ६९ हजार ८०३ वटा कारोबार सम्पन्न भएका छन्।

कारोबारमा ३६ कम्पनीको शेयर मूल्य बढ्दा २३४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

घट्दो बजारमा पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले बढेर सर्वाधिक कमाउने कम्पनी बनेको छ। यता आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

समूहगत परिसूचकतर्फ बैंकिङ र म्युचुअल फन्ड बाहेक सबै उपसूचक राताम्मे रहे। उत्पादन तथा प्रशोधन, व्यापार र होटल तथा पर्यटन समूहमा २ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो। त्यसपछि ग्लोबल आईएमई बैंक, रिडी हाइड्रोपावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर