आज सोमबार पनि सुनचाँदीको भाउमा वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रति तोला एक हजार चार सय रूपैयाँ बढेको हो।
हिजो आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
