आज आइतबार सुनचाँदीको भाउमा वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोलामा १६ सय रुपेयाँ वृद्धि भएको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ८७ हजार १ सय पुगेको छ। गत शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ घटेको थियो । शुक्रबार सुन तोलाको ५ हजार ८ सय रुपैयाँ घटेर दुई लाख ८५ हजार ५ सयमा झरेको थियो।
त्यसअघि बिहीबार सुनको भाउ हिजो तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। गत शुक्रबार १५५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३५० मा झरेको थियो।
प्रतिक्रिया
