आज बिहीबार सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रति तोला तीन सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
हिजो बुधबार सुन प्रति तोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
