सुन तोलामा ५४ सय र चाँदीमा १ सय १० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र चाँदी प्रति तोला रु चार हजार ४ सय ८० निर्धारण भएको छ । हिजो मंगलबार चाँदी तोलाको चार हजार तीन सय ७० रुपैयाँ थियो ।
प्रतिक्रिया
