आज ४१ अंकले बढ्याे सेयर बजार
काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४१.१७ अंकले बढेर परिसुचक २७१९मा कायम भएको छ । अघिल्लो कारोबारमा पनि बजार ७९ अंकले बढेको थियो । यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकामा आज ५ अर्ब ५० करोडको कारोबार भयो ।
कारोबारमा आएका २३८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन आखु खोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडि पावर जलविद्युत्, कर्पोरेट डेव्लपमेन्ट बैंक अगाडि रहे । यसदिन एभरेष्ठ कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने रिज लाइन इनर्जिको १३ प्रतिशत र श्रीनगर एग्रिटेकको १० प्रतिशतले बढ्यो । आज म्यूचल फण्डबाहेक सबै सूचक बढे ।
प्रतिक्रिया
