११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ३८.२ प्रतिशतले वृद्धि भएको हो। जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
