आज आइतबार सुन तोलामा ६ सय बढ्यो चाँदीमा ३५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय बढेर २ लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय कायम भएको थियो। ५ दिनसम्म लगातार घटेको सुनको भाउ गएको शुक्रबारदेखि फेरि बढ्न थालेको हो।
त्यसैगरी चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर आज ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ। गत शुक्रबार तोलामा १७० रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ४ हजार ५ सय १० पुगेको थियो।
प्रतिक्रिया
