आज शुक्रबार सुनमा २७ सय र चाँदीमा १७० रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार  सुनचाँदीको मूल्य उकालो लागेको छ । चालु साताको पहिलो दिन आइतबारबाटै ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार भने उकालो लागेको हो ।

हिजो बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी प्रति तोला चार हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर