नेपाल खैरोसूचीबाट कालोसूचीमा पर्ने अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अहिले खैरोसूचीबाट कालोसूचीमा झर्ने उच्च जोखिममा रहेको बताएका छन् ।

राष्ट्रियसभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा शनिबार जवाफ दिँदै उनले २०८१ फागुनदेखि नेपाल खैरोसूचीमा रहेको स्मरण गराउँदै आवश्यक सुधार, सुशासन र वित्तीय अनुशासनमा तत्काल सुधार नगरे कालोसूचीमा पुग्ने चेतावनी दिए ।

उनका अनुसार कालोसूचीमा परे नेपालको अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध, वैदेशिक लगानी र साखमा गम्भीर असर पर्नेछ । उनले प्रभावकारी कानुन कार्यान्वयन, सुशासन र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई खैरोसूचीबाट बाहिर निकाल्ने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर