आज सुनमा आठ सय बढ्यो, चाँदीमा ५५ रुपैयाँ घट्यो
काठमाडौं । विगत तीन दिनदेखि घटेको सुनको मूल्य आज शुक्रबार भने सामान्य रूपमा उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला आठ सय रुपैयाँले बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा झरेको थियो। पछिल्ला केही दिनको तीव्र गिरावटपछि आजको वृद्धिलाई सामान्य सुधारका रूपमा हेरिएको छ।
यता, चाँदीको मूल्य भने घट्ने क्रम रोकिएको छैन। आज प्रति तोला ५५ रुपैयाँले घटेर ४ हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो बिहीबार पनि चाँदीको मूल्य प्रति तोला २ सय ५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँमा झरेको थियो।
प्रतिक्रिया
