आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ २८ पैसा र बिक्रीदर १५१ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३९ पैसा र बिक्रीदर १७३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ ९४ पैसा र बिक्रीदर २०० रुपियाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ८५ पैसा र बिक्रीदर १८७ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ०३ पैसा र बिक्रीदर १०५ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६४ पैसा र बिक्रीदर १०७ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ७६ पैसा र बिक्रीदर ११७ रुपियाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ३० पैसा र बिक्रीदर २२ रुपियाँ ३९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३० पैसा र बिक्रीदर ४० रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५० पैसा र बिक्रीदर ४१ रुपियाँ ६७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ १९ पैसा र बिक्रीदर ४१ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६ रुपियाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८५ पैसा र बिक्रीदर नौ रुपियाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०६ पैसा र बिक्रीदर २३ रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ३० पैसा र बिक्रीदर १९ रुपियाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपियाँ ७३ पैसा र बिक्रीदर ४९३ रुपियाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ २८ पैसा र बिक्रीदर ४०२ रुपियाँ ८७ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपियाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपियाँ ५१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
