आज सोमबार पनि सेयर बजार घट्यो
काठमाडौं । आज सोमबार सेयर बजार परिसूचक नेप्से १.४६ अंकले घटेर २७०० विन्दुमा पुगेको छ। बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भयो।
फाइनान्स समूहमा भने १.०१ प्रतिशतले बढ्दै २४९० विन्दुमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो। फाइनान्समध्ये मञ्जुश्री फाइनान्सको मूल्य सबैभन्दा बढी ४.७२ प्रतिशतले बढ्यो।
माइक्रोफाइनान्स र व्यापार समूह क्रमशः ०.४२ र ०.९२ प्रतिशतले बढ्दा अन्य अधिकांश समूहहरू घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, बीमा लगायतका समूहमा सामान्य गिरावट देखिएको छ। नयाँ सूचीकृत टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर ३४५ रुपैयाँ पुगेको छ।
सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरमा पनि उल्लेख्य वृद्धि देखिएको छ भने केही कम्पनीमा गिरावट पनि देखिएको छ। कारोबारका हिसाबले सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त लगायत अगाडि रहेका छन्।
