सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
