अर्थमन्त्रीले “तपाईंका काण्ड पनि खुल्छन्” भन्दा प्रतिपक्षी बेञ्चमा सन्नाटा !

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका हुन्। उनले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरूलाई ‘तपाईंहरुको पनि काण्डहरू थाहा नभएको हो र?’ भन्दै प्रश्न समेत गरे। अर्थमन्त्री डा. वाग्लेको चेतावनी र धम्कीपूर्ण जवाफका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष बेञ्चमा सन्नाटाको स्थिति थियो ।

अर्थमन्त्री वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरे। अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दाबी गरे।

‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु’ उनले भने, ‘मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्।’

उनले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने दाबी पनि गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर