आज सुनमा ५१ सय र चाँदीमा ९० रुपैयाँ घट्यो
काठमाडौं । स्थानीय बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।नेपाल सुन–चाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ ।
एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया
