आज शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (जेठ २२) छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर