आज बुधबार सुनको भाउ स्थिर

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।

हिजो मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर