आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज जेठ २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.१३ रुपैयाँ र बिक्रीदर १५२.७३ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७.१९ र बिक्रीदर १७७.८८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४.९० रुपैयाँ र बिक्रीदर २०५.७० रुपैयाँ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३.६९ रुपैयाँ र बिक्रीदर १९४.४५ रुपैयाँ निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९.२६ रुपैयाँ र बिक्रीदर १०९.६९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०९.८३ रुपैयाँ र बिक्रीदर ११०.२६ रुपैयाँ तथा सिङ्गापुर डलर एकको खरिददर ११८.९८ रुपैयाँ र बिक्रीदर ११९.४५ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर