पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले स्वदेशी बजारमा भने मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगमका अनुसार हाल पेट्रोलको मूल्य तीन वर्गमा विभाजन गरिएको छ। पहिलो वर्गमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम रहेको छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि परिवर्तन गरिएको छैन। पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ भने दोस्रो र तेस्रो वर्गमा क्रमशः २२४ रुपैयाँ र २२५ रुपैयाँ निर्धारण गरिएको छ। निगमले हवाई इन्धन (आन्तरिक उडानतर्फ) को मूल्य प्रतिलिटर २६९ रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार १६० रुपैयाँ यथावत् राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव देखिए पनि तत्कालका लागि नेपाली उपभोक्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भार बेहोर्नु नपर्ने निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर