यसपालीको बजेट ब्रिफकेशमा आएन

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ब्रिफकेश बोकेर बजेट वक्तव्य दिन संसद जाने परम्परा तोडेका छन् । यसअघि जस्तो ब्रिफकेशमा नभइ उनले नेपाली कागजको फाइलमा बजेट वक्तव्य बोकेर संसद गएका छन् ।

वाग्ले केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका हुन् । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए । यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर