आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
साथै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर रु ४० रुपैयाँ ६९ रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० तथा यूएई दिर्हाम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७० पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ०१ र बिक्रीदर ३९६ रुपैयाँ ५७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
