काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.०८ रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७.०९ र बिक्रीदर १७७.७९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५.२४ रुपैयाँ र बिक्रीदर २०६.०५ रुपैयाँ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४.६४ रुपैयाँ र बिक्रीदर १९५.४१ रुपैयाँ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९.०३ रुपैयाँ र बिक्रीदर १०९.४६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ११०.१० रुपैयाँ र बिक्रीदर ११०.५४ रुपैयाँ तथा सिङ्गापुर डलर एकको खरिददर ११९.०६ रुपैयाँ र बिक्रीदर ११९.५३ रुपैयाँ कायम भएको छ ।
जापानी येन १० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ तथा चिनियाँ युआन एकको खरिददर २२.४२ रुपैयाँ र बिक्रीदर २२.५० रुपैयाँ तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४०.५३ रुपैयाँ र बिक्रीदर ४०.६९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ४१.७२ रुपैयाँ र बिक्रीदर ४१.८८ रुपैयाँ तथा थाई भाट एकको खरिददर ४.६८ रुपैयाँ र बिक्रीदर ४.७० रुपैयाँ कायम गरिएको छ ।
संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१.४० रुपैयाँ र बिक्रीदर ४१.५७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३८.४८ रुपैयाँ र बिक्रीदर ३८.६३ रुपैयाँ तथा दक्षिण कोरियाली वन १०० को खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १६.३९ रुपैयाँ र बिक्रीदर १६.४६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर २३.७० रुपैयाँ र बिक्रीदर २३.७९ रुपैयाँ तथा हङ्कङ डलर एकको खरिददर १९.४१ रुपैयाँ र बिक्रीदर १९.४९ रुपैयाँ कायम भएको छ ।
कुवेती दिनार एकको खरिददर ४९५.८६ रुपैयाँ र बिक्रीदर ४९७.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ४०३.४० रुपैयाँ र बिक्रीदर ४०४.९९ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३९५.०१ रुपैयाँ र बिक्रीदर ३९६.५७ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
