सुनचाँदीको भाउ घट्यो
काठमाडौं । आज आइतबार सुनको भाउ चार हजार पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ३० रूपैयाँ घटेको हो ।
प्रतिक्रिया
