आज शुक्रबार नेप्सेमा सुधार
काठमाडौं । साताको अन्तिम दिन सेयरबजार उकालो लागेको छ । आज नेप्से परिसुचक १.७७ अंकले बढ्दै २,७३१.९४ बिन्दुमा कारोबार बन्द भएको छ ।
आज कुल ७९ लाख ३४ हजार ४ सय ४४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको शेयर मूल्य घटेको छ र२२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । जसको कारोबार रकम ३ करोड ६६ लाख ४९ हजार रुपैयाँभन्दा बढी पुगेको छ । त्यसैगरि अपी पावर कम्पनी लिमिटेडको ११ करोड ४४ लाख १५ हजार रुपैयाँ कारोबारसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको ८६ करोड ३ लाख आठ हजार रुपैयाँ तेस्रो स्थानमा रहेको छ ।
