आज बुधबार पनि घट्यो नेप्से परिसूचक
काठमाडौं । आज बुधबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३९ कम्पनीको ५६ लाख ४३ हजार २ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया
