सुनको भाउ घट्दा चाँदी बढ्यो

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार पनि सुनको भाउ चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर