आज शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको हो।
१.०१ प्रतिशतको वृद्धि भएको दिन बजारमा लगानीकर्ताले ३ अर्ब २८ करोडको सेयर खरिदबिक्री गरेका छन्। यस दिन २३५ वटा सेयरको मूल्य अधिकतम १० प्रतिशतसम्म बढ्दा २६ वटाको भने ६.५४ प्रतिशतसम्मले घटेको छ। आठवटाको भने स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबारमा होटल फरेस्ट इनले सबैलाई उछिनेको छ। उसको १३ करोड ८६ लाखको उच्च कारोबार भएको हो। यसबाहेक रिलयन्स स्पिनिङ मिल्स १३ करोड ६४ लाख, सोलु हाइड्रो १२ करोड, ङादी ग्रुप पावर ११ करोड र रिडी पावर कम्पनीको १० करोडको कारोबार भएको छ।
प्रतिक्रिया
