आज सुनमा ५८ सय र चाँदीमा १७५ रुपैयाँ वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको भाउ बढेको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रति तोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मंगलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।
प्रतिक्रिया
