साताको पहिलो दिन सेयरबजारमा ३४ अंकको गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा झरेको छ।
आज कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा करिब १ करोड कित्ता सेयर किनबेच भएको छ। कारोबारमा २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको छ। बढ्दो समूहमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त अग्रस्थानमा रहँदै करिब १५ प्रतिशतले वृद्धि भएको छ भने अन्य कम्पनीहरू अधिकतम ७.९९ प्रतिशतसम्म बढेका छन्। गिरावटतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य १२.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अग्रस्थानमा रहँदै ३१ करोड रुपैयाँको कारोबार भएको छ। यसपछि रिलायन्स स्पिनिङ मिल्स को १७ करोड र नेशनल हाइड्रोपावर को १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सेक्टोरल रूपमा माइक्रोफाइनान्सबाहेक सबै समूहमा गिरावट देखिएको छ।
