सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी रु ६५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
