नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं ।  सेयरबजार लगातार घटेको छ। बुधबार २५.८१ अंकले घटेकोमा बिहीबार पनि बजार ५.७३ अंकले ओर्लिएको हो।

योसँगै नेप्से २७३८.७२ विन्दुमा रोकिएको छ। यस दिन १ करोड कित्ता किनबेचपछि ४ अर्ब ९१ करोडको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।

बिहीबार ९८ वटा सेयरको मूल्य बढे पनि १६१ वटाको घटेको र १० वटाको स्थिर रहेको नेप्सेले जनाएको छ। बढेकामध्ये श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको १२.५७ प्रतिशतले उकालो लागे पनि अरु अधिकतम ७.९१ प्रतिशतसम्म चढेका छन्।

घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा धेरै छ। उक्त सेयर १०.३८ प्रतिशतले घटेको हो। बाँकी सेयरहरुमा अधिकतम ९.११ प्रतिशतसम्म गिरावट आएको छ। कारोबारमा भने रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। उक्त कम्पनीको २६ करोडको कारोबार भएको छ। यो नै बिहीबारको उच्च कारोबार हो। यस दिन वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन समूह बढे पनि बाँकी समूह घटेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर