आज बिहीबार पनि घट्यो सुनचाँदीको भाउ
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रति तोला एक हजार ८०० र चाँदी रु १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मोल प्रति तोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० रुपैयाँ कायम भएको छ । हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
