आज मंगलबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन तोलामा ३ हजार रुपैयाँ घटेर एक तोलाको २ लाख ९७ हजार ५ सय कायम भएको छ । हिजो सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको एक सय रुपैयाँ घटेर ४ हजार ९ सय ४५ मा किनबेच भइरहेको छ । यसअघि हिजो सोमबार चाँदी तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर