नेप्से परिसूचक सात अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज (सोमबार) नेप्से परिसूचक सात दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ।
आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता सेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको सेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ।
