आज सोमबार सुनचाँदीको मूल्यवृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ प्रति तोला एक हजार तीन सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा बजारमा किनबेच भइरहेको छ ।
हिजो आइतबार सुन प्रति तोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रति तोला चार हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ५० रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
