अब अस्थायी रूपमा पूरै ग्यास सिलिन्डर पाइने

काठमाडौं ।  नेपाल आयल निगमले अब  एलपी ग्यास पूरै सिलिन्डर बिक्री गर्न दिने भएको छ। व्यवसायीले आयात गरेको ग्यास बुलेट होल्ड हुने अवस्था सिर्जना भएसँगै निगमले केही समयका लागि पूरा सिलिन्डर ग्यास बिक्री गर्न दिने योजना बनाएको कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए।

बजारमा देखिएको ग्यासको अभाव टार्न निगमले गत फागुन २८ गते आधा सिलिन्डरमात्रै ग्यास वितरण गर्ने निर्णय गरेको थियो। अहिले बजारमा ग्यासको अभाव नभएको सिलिन्डरको अभावमा व्यवसायीहरुले आयात गरेको बुलेट होल्ड हुने अवस्था रहेकाले १५ देखि २० दिनका लागि पूरै सिलिन्डर बिक्री गर्न  दिन लागेको भट्ट बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर