सरकारदेखि उद्योगी, व्यवसायी त्रसित

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले  संयुक्त रुपमा आफ्नो भनाइ सार्वजनिक गर्दै पछिल्ला दिनमा सरकारले उद्योगी व्यवसायीमाथि धरपकट गर्दा निजी क्षेत्र त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले शुक्रवार संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञ प्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु-याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पार्न सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर