सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक मन्त्रालय तानिए
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेका छन् । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेका व्यवसायीत्रय दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासँग नाम जोडिएपछि उनलाई महानिर्देशबाट हटाइएको हो ।
उनको ठाउँका नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ठाकुरलाई निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले विभाग नेतृत्वमा पठाएका थिए ।
प्रतिक्रिया
