आज बिहीबार पनि घट्यो सेयर बजार
काठमाडौं । साताको चौंथो कारोबारको दिन आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा पाल्पा सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया
