अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म हुने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से )ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ ।

बुधबार नेप्सेले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको हो ।

सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर