आज बुधबार सुनमा ७२ सय र चाँदीमा २०५ रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
हिजो मंगलबार २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिनमा भारी वृद्धि भएको हो। यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रति तोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी तोलाको ४ हजार ८२० रुपैयाँ थियो।
प्रतिक्रिया
