आज सुनमा ४ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा चार सय र चाँदीको ४० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यता सोमबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर मंगलबार चार हजार आठ सय २० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।
प्रतिक्रिया
