सिंहदरबारबाट सेयर लगानीकर्ताहरु लखेटिए
काठमाडौं । सेयर बजारमा लगातारको गिरावट पछि लगानीकर्ताहरु विरोधमा उत्रिएका छन् । लगातारको गिरावटले तनावग्रस्त बनेका लगानीकर्ता आइतबार आक्रोशित रूपमा सिंहदरबार पुगेका हुन् ।
बजारमा भएको तीव्र गिरावटले अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेपछि त्यसको समाधान खोज्न सरकारसँग प्रत्यक्ष संवाद गर्न लगानीकर्ताहरू सिंहदरबारको पूर्वी गेट पुगेका थिए । उनीहरूले प्रतिनिधिमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको टोलीसँग भेट गरी आफ्ना माग र समस्याहरू राख्ने योजना बनाएका थिए । तर, सिंहदरबार क्षेत्र निषेधित क्षेत्र भएको भन्दै प्रहरीले उनीहरूलाई प्रवेश गर्न दिएन । अन्ततः उनीहरू त्यहाँबाट प्रहरीको लखेटाइमा परे ।
प्रतिक्रिया
