पेट्रोलियमका सवारी विद्युतमा परिणत गर्न पाइने
काठमाडौं । सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो,‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ।’ त्यसैगरी सरकारले आगामी वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया
