आज आइतबार सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ। गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
सुनको भाउ गत शुक्रबार पनि स्थिर रहँदा बिहीबारकै मूल्यमा कारोबार भएको थियो। गत बुधबार भने सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँ रहेको थियो । यता, गत शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।
