रेमिट्यान्स साढे १४ खर्ब : महँगी वृद्धिदर ३.६२ प्रतिशत
काठमाडौं । चालु आवको ८ महिनामा साढे १४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो ।
फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । फागुन महिनासम्म नेपाल भित्रिएको रेमिट्यान्समा अमेरिकी डलरमा गणना गर्दा १० अर्ब १५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।
फागुनमा महँगी वृद्धिदर ३.६२ प्रतिशत
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा फागुन एक महिनामा वार्षिक औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत फागुनमा यस्तो वृद्धिदर ३.७५ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुनसम्म) को औसत मूल्य वृद्धि दर २.१३ प्रतिशत छ।
गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिसम्मको औसत मूल्य वृद्धि ४.७२ प्रतिशत थियो। चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ। यो आठ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा तरकारीमा सबैभन्दा धेरै ११.४९ प्रतिशत, घ्यु तेलमा ९.८६ प्रतिशत र फलफूलमा ९.६३ प्रतिशतले वृद्धि भएको छ।