सुन तोलामा ६ हजार ७ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ६७ सयले बढेर तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४८४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया
