सुन तोलामा ५ हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य घटेर २ लाख ८१ हजार रुपैयाँमा झरेको थियो, तर आइतबार फेरि तीव्र रूपमा बढेको हो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब ५० रुपैयाँले बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य प्रतिऔंस ४ हजार ४९४ अमेरिकी डलरसम्म पुगेको छ । मूल्यमा आएको यो तीव्र उतार, चढावले बजारमा पुनः अनिश्चितता बढाएको व्यवसायीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर